भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

नाफिज अध्यक्षमा ढकाल निर्वाचित

नाफिज अध्यक्षमा ढकाल निर्वाचित

काठमाडौँ । नेपाल आर्थिक पत्रकार सङ्घ ( नाफिज )मा मोदनाथ ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार सम्पन्न १३औँ वार्षिकोत्सव तथा छैटौँ महासभाबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।तेह्र सदस्यीय कार्यसमितिमा महासभाले सात पदाधिकारी र चार सदस्य निर्वाचित गरेको छ । कार्यसमितिले बाँकी दुई सदस्यको मनोनयन गर्नेछ । निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गरिएको हो ।

ढकाल ‘दि राइजिङ नेपाल’मा कार्यरत हुनुहुन्छ । उपाध्यक्षमा ‘नोटबजार डटकम’का परमेश्वर अधिकारी र ‘हाम्रो अर्थ’की मेनुका कार्की निर्वाचित हुनुभएको छ ।महासचिवमा ‘अनलाइन खबर’का नवीन ढुङ्गाना, सचिवमा ‘नेपाल खबर’का दीपक भट्ट र कोषाध्यक्षमा ‘सिंहदरबार’की दिलु कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।सदस्यमा ‘रातोपाटी’का निकेश खत्री, ‘अनलाइन खबर’का विजय पराजुली, ‘सेतोपाटी’की सविना कार्की र ‘नेपाल प्रेस’का राजाराम न्यौपाने विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.