भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नारी दिवसका अवसरमा कानूनी साक्षरता

नारी दिवसका अवसरमा कानूनी साक्षरता

गण्डकी । पोखरा महानगरपालिका–२९ भण्डारढिकस्थित दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा १११औँ नारी दिवसका अवसरमा आज पोखरामा कानूनी साक्षरता कार्यक्रम गरिएको छ । कानूनी विषयमा सर्वसाधारणलाई सचेत गराउने लक्ष्यका साथ आयोजित कार्यक्रममा पोखरा नगर क्षेत्र रहेका विभिन्न आमा तथा महिला समूह, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा उच्च अदालत बार एसोसिएशनका पूर्वअध्यक्ष खगेन्द्रराज आचार्यले कानूनका आधारभूत विषयमा प्रत्येक नागरिक जानकार बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

महिला हिंसा तथा वर्तमान कानूनको अवस्थाबारे प्रकाश पार्दै उहाँले संविधानले प्रत्येक वर्ग, क्षेत्र र समुदायका अधिकारलाई सुनिश्चित गरेको बताउनुभयो । पोखरा महानगरपालिका–२९ का वडा सदस्य निर्मला पौडेलले संविधानमा उल्लिखित महिला हक तथा अधिकारका बारेमा प्रत्येक महिला जानकार बन्नुपर्ने बताउँदै संविधानले दिएका मौलिक हक तथा कानूनसम्मत हक तथा अधिकारको उपयोगका लागि कानूनी विषयमा जानकारी राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पुस्तकालय तथा सिकाइ केन्द्रका अध्यक्ष कृष्णहरि भण्डारी, पुस्तकालयका सचिव पदमप्रसाद अधिकारी, उपाध्यक्ष जङ्गबहादुर गुरुङलगायतले आधारभूत कानूनी विषय जानकारी नहुँदासम्म आफ्ना हक, अधिकार तथा कर्तव्यबारे स्वयं अनभिज्ञ हुनुपर्ने उल्लेख गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.