भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

नारी दिवसका अवसरमा कानूनी साक्षरता

नारी दिवसका अवसरमा कानूनी साक्षरता

गण्डकी । पोखरा महानगरपालिका–२९ भण्डारढिकस्थित दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा १११औँ नारी दिवसका अवसरमा आज पोखरामा कानूनी साक्षरता कार्यक्रम गरिएको छ । कानूनी विषयमा सर्वसाधारणलाई सचेत गराउने लक्ष्यका साथ आयोजित कार्यक्रममा पोखरा नगर क्षेत्र रहेका विभिन्न आमा तथा महिला समूह, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा उच्च अदालत बार एसोसिएशनका पूर्वअध्यक्ष खगेन्द्रराज आचार्यले कानूनका आधारभूत विषयमा प्रत्येक नागरिक जानकार बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

महिला हिंसा तथा वर्तमान कानूनको अवस्थाबारे प्रकाश पार्दै उहाँले संविधानले प्रत्येक वर्ग, क्षेत्र र समुदायका अधिकारलाई सुनिश्चित गरेको बताउनुभयो । पोखरा महानगरपालिका–२९ का वडा सदस्य निर्मला पौडेलले संविधानमा उल्लिखित महिला हक तथा अधिकारका बारेमा प्रत्येक महिला जानकार बन्नुपर्ने बताउँदै संविधानले दिएका मौलिक हक तथा कानूनसम्मत हक तथा अधिकारको उपयोगका लागि कानूनी विषयमा जानकारी राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पुस्तकालय तथा सिकाइ केन्द्रका अध्यक्ष कृष्णहरि भण्डारी, पुस्तकालयका सचिव पदमप्रसाद अधिकारी, उपाध्यक्ष जङ्गबहादुर गुरुङलगायतले आधारभूत कानूनी विषय जानकारी नहुँदासम्म आफ्ना हक, अधिकार तथा कर्तव्यबारे स्वयं अनभिज्ञ हुनुपर्ने उल्लेख गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.