काठमाडौं । मुग्लिङ पोखरा सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने भएको छ । आइतबार राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टा मुग्लिङ–पोखरा सडकखण्डमा सवारी साधन रोकेर सडक विस्तार काम सुरू हुने भएको हो । नियमित रूपमा सवारी साधन सञ्चालन हुँदा काम गर्न असजिलो पर्ने भएकोले दिनहुँ पाँच घण्टा यातायात आवागमन रोकेर सडक विस्तार कार्य गर्न लागिएको हो ।
यो सड्क खण्डमा सवारी साधनको चाप बढ्दै गएपछि चार लेनको बनाउन लागिएको छ। चार लेनको सडक सीमा दुईतर्फी २५ र २५ मिटर हुने जनाइएको छ । आबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक ४ लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गरिने भएको छ ।
अर्को सूचना जारी नहुन्जेल राति ११ बजेदेखि बिहान ४ बजेसम्म यो सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि आयोजनाले सार्वजनिक सूचना निकालेर आग्रह गरेको छ । यहि जेठ २२ गतेदेखि बाटो बन्द गरेर सडकखण्ड विस्तार गर्न लागिएको मुग्लिङ–पोखरा सडक आयोजना तनहुँले जनाएको हो। अर्को सूचना जारी नहुन्जेल राति ११ बजेदेखि बिहान ४ बजेसम्म यो सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि आयोजनाले सार्वजनिक सूचना निकालेर आग्रह गरेको छ ।
