भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

निर्वाचन लोकतान्त्रिक बाटो : मुख्यमन्त्री गुरुङ

निर्वाचन लोकतान्त्रिक बाटो : मुख्यमन्त्री गुरुङ

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्वाचनमा जाने कुरा असंवैधानिक नभई लोकतान्त्रिक बाटो भएको बताउनुभएको छ । लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो चौतारी ९१ं.४ मेगाहर्जको १०औँ वार्षिक साधारणसभाको आज बेँसीशहरमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले समृद्धिको बाटोमा रहेको सरकारलाई काम गर्न नदिने र प्रधानमन्त्रीलाई थाहै नदिइ अविश्वासको प्रस्ताव दर्ता गर्न खोजेपछि प्रधानमन्त्रीसँग संसद् विघटनबाहेक अर्को बाटो नभएको बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘सुखी नेपाली र समृद्ध नेपाल’को यात्रामा जबर्जस्त अवरोध सिर्जना गरेका कारण अहिलेको अवस्था आयो । मुख्यमन्त्री गुरुङले कम्युनिष्ट पार्टीका धेरै प्रधानमन्त्री भए पनि मनमोहन अधिकारी र केपी शर्मा ओलीले मात्र जनपक्षीय काम गरेको बताउनुभयो ।

“कमजोर सरकार भए पनि मनमोहनले भारतमा असमान सन्धि पुनरावलोकनको कुरा उठाएर भारतलाई झस्काउनुभयो । त्यसपछि समृद्धिका लागि काम गर्ने प्रधानमन्त्री केपी शर्मा ओली मात्र हो । रासस

 


Thali Mobile Pvt.Ltd.