भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

निषेधाज्ञाका कारण बन्देजको अवस्थामा विपन्न,

निषेधाज्ञाका कारण बन्देजको अवस्थामा विपन्न,

काठमाडौँ । पाँच पूर्वप्रधानमन्त्रीले कोरोनाविरुद्ध खोपको समुचित व्यवस्था गर्दै निषेधाज्ञाका कारण बन्देजको अवस्थामा विपन्न, श्रमजीवी वर्ग एवं समुदायमा परिरहेको मर्काप्रति संवेदनशील हुन सरकारसँग माग गर्नुभएको छ । कमजोर वर्ग तथा समुदायमा परेकोे रोग र भोकको समस्याको सम्बोधन गर्न आवश्यक कार्ययोजनासहित अग्रसर हुन उहाँहरुले सरकारसँग अनुरोध गर्नुभएको हो ।

उहाँहरुले संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि हमला भइरहेको भन्दै त्यसविरुद्ध ऐक्यवद्धता जनाउँदै आज अपिल गर्नुभएको छ । विज्ञप्तिमा नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्नेमा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहेको उल्लेख गर्नुभएको छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ “प्रधानमन्त्रीका क्रियाकलापका कारण देशले अस्थिर र अन्योलग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको बेला सरकारले घाटा बजेट पूर्ति गर्ने निहँुमा देशका विभिन्न भागबाट ढुङ्गा, वालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने कार्यक्रम ल्याउनु राष्ट्रहित र जनविरोधी छ ।” उहाँहरुले यस्तो गलत निर्णयबाट अत्यन्त संवेदनशील अवस्थामा रहेको नेपालको भू–बनौटमा असर पर्न गई गम्भीर पर्यावरणीय समस्या सिर्जना हुनेछ उल्लेख गर्नुभएको छ ।  संयुक्त विज्ञप्ति जारी गर्ने पूर्वप्रधानमन्त्रीमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र डा बाबुराम भट्टराई हुनुहुन्छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.