काठमाडौं । पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ । विभिन्न कार्यालयमा कार्यरत एआईजीहरूको सरुवा केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । काठमाडौं, ललितपुर र अपराध महाशाखाका एसएसपीहरूको पनि सरुवाको तयारी भईरहेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ । प्रशासन विभागका एआईजी दीपक थापालाई भने उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई मानवस्रोत विभाग लगिएको छ ।
मानवस्रोत विभागका एआईजी सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सरुवा गरिएको छ । कार्यविभागकी एआईजी मीरा चौधरीलाई प्रशासन विभागमा लगिएको छ ।
तीन एआईजीहरू केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरी र अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङलाई भने यथावत राखिएको छ ।
