भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

नेपाल बारको चुननावी कार्यातालिका सार्वजनिक

नेपाल बारको चुननावी कार्यातालिका सार्वजनिक

काठमाडौं । आगामी चैत १९ गते हुने नेपाल बार एसोसिएसनको निर्वाचनका लागि बारले निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचनबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुने निर्वाचन कार्यातालिका नेपालबारले सोमबार सार्वजनिक गरेको हो ।

चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन, फागुन १३ गते नामावलीमा दावी विरोध गर्ने, अन्तिम नामावली फागुन २० गते प्रकाशित गर्ने र फागुन २३ मा उम्मेदवारी दर्ताको समय कार्यतालिकामा नेपालबारेले तोकिएको छ । समितिले फागुन २५ गते अन्तिम नामावली प्रकाशित गरेर आगामी चैत १९ गते बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । देशैभर एकसाथ मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.