सुर्खेत । नेपाल बैंकर्स संघ कर्णालीको संयोजकमा एभरेष्ट बैंक कर्णाली प्रदेशका प्रमुख राजकुमार शाक्य चयन भएका छन् । शाक्यको संयोजकत्वमा पाँच सदस्यीय बैंकर्स संघ कर्णाली ईकाई गठन गरिएको छ ।
ईकाइको सह–संयोजकमा ग्लोबल आइएमइ बैंकका विष्णु अर्याल चयन भएका छन् । संघको सदस्यहरुमा सिभिल बैंकका अभिजित श्रेष्ठ, सेन्चुरी बैंकका धर्मराज श्रेष्ठ र राष्ट्रिय बाणिज्य बैंकका प्रमुख रामकुमार थापा रहेका छन् ।
संघमा आवद्धसबै बैंकहरुका कर्णाली प्रदेश कार्यालयका प्रमुखहरु रहेका छन्। केन्द्रमा रहेको बैंकर्स संघले सातै प्रदेशमा ईकाइ विस्तार गरेर गठन गरिएको संयोजक शाक्यले बताए । कर्णालीमा गठन भएको ईकाइले बैंक तथा वित्तिय र सरोकार निकायबीच समन्वय गर्न सहज हुने संयोजक शाक्यले बताए ।
