काठमाडौं । चार देशीय टी–२० सिरिजको ओमानमा जारी दोस्रो खेलमा नेपालले शनिबार युएईसँग खेल्दैछ । नेपाली सयम अनुसार पौने बाह्र बजे सुरु हुने खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा हुने छ । शुक्रबारै तय भएको युएई र आयरल्याण्डको खेल प्राविधिक कारणले हुन सकेन र आइतबारको लागि सारिएको छ ।
नेपालसहित चारै टोली ग्लोबल क्वालिफायर खेल्दैछन् र त्यसैको तयारीका रुपमा सिरिज खेल्दैछन् । नेपालले अन्तिम खेल सोमबार आयरल्याण्डसँग खेल्नेछ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप भइरहेको यस सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई हराएको थियो ।
