भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

नेपालमा एलपी ग्यास आयात घट्यो

नेपालमा एलपी ग्यास आयात घट्यो

काठमाडौं । नेपालमा ग्यासको आयत घटेको छ । औद्योगिक क्षेत्रमा विजुलिको खपत बढेसंगै नेपालमा ग्यासको आयत घटेको हो । चालू आर्थिक वर्ष (आव) २०७९ र ८० को मङ्सिरसम्ममा नेपालमा २० करोड ६३ लाख केजीभन्दा बढी एलपी ग्यास आयात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा २१ करोड ६७ लाख केजीभन्दा बढी ग्यास आयात भएको तथ्यांकले देखाएको छ ।

पछिल्लो समय जलविद्युत्को उपलब्धता बढेपछि उद्योगहरूले ग्यासबाट गर्ने काम बिजुलीबाट गर्न थाल्दा ग्यासको माग घटेको जनाइएको छ । सरकारले चालु आवको पूँजीगत बजेटको ११ दशमलव १६ प्रतिशत मात्रै खर्च गरेको छ । औद्योगिक तथा व्यावसायिक क्षेत्रमा खासगरी होटेल, फलाम, स्टील, सिमेन्टलगायत उद्योगले ग्यास खपत गर्छन्े गरेका छन् । ग्यास आयात कम हुनु राम्रो भए पनि मागमा आएको संकुचनका कारण उद्योगहरूले पछिल्लो समय उत्पादन कटौती गरेकाले ग्यास खपत घटेको हुन सक्ने अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.