भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

नेपालमा रेल सञ्चालन गर्न अड्चनै –अड्चन

नेपालमा रेल सञ्चालन गर्न अड्चनै –अड्चन

काठमाडौं । नेपालमा रहेको एउटा मात्र रेल सञ्चालन गर्न कानुनी अड्चनै–अड्चन रहेको जनाइएको छ । जयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्न सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निस्क्रिय भएसंगै कानुनी अड्नको सिर्जना भएको हो । गत फागुन १ गतेदेखि जयनगर–जनकपुरसम्म ड्राई रन अर्थात यात्रुबिहीन रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ । कानूनी व्यवस्था भएमा उद्घाटनको मिति तय गरिने नेपाल रेलवे कम्पनीले जनाएको छ । रेल सेवा सञ्चालन गर्न प्राविधिक हिसाबले सबै थोक ठीक रहेको बताईएको छ । कानून अभावमा रेल सञ्चालन गरिएको खण्डमा दुर्घटना भएमा समस्या आउन सक्ने रेलवे कम्पनीले जनाएको छ ।

यसै महिनाको दोस्रो साताभित्र प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट रेल संचालन गर्ने तयारी गरिएको थियो । तर रेल अध्यादेश २०७८ संसदमा पेश नै नभएका कारण स्वतः निस्क्रिय भएपछि रेलको औपचारिक उद्घाटनको मिति तय गर्न कानूनी अड्चन खडा भएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.