भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाली कांग्रेस प्रदेश अधिवेशन होमियो

नेपाली कांग्रेस प्रदेश अधिवेशन होमियो

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन नजिकिएसंगै आजदेखि प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशनमा होमिएको छ । अधिवेशन आज शुक्रबारबाट सुरुहुदै छ । देशैभरिका तीन सय ३० प्रदेशमा अधिवेशन हुन लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

कांग्रेस केन्द्रीय महाधिवेशन यहि २४–२६ मंसिरमा काठमाडौँमा हुदैछ । सर्लाही, सिन्धुपाल्चोक र रसुवाका वडा र गाउँपालिका तहमा बाहेक अन्य ठाउँमा शुक्रबार नै अधिवेशन हुने कांग्रेस निर्वाचन समितिका सचिव केशव रिजालले बताए ।

प्रदेश सभा क्षेत्रीय अधिवेशनले कम्तीमा तीन महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोटअनुसार, तोकिएबमोजिम समानुपातिक आधारमा गरी जम्मा १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ ।

प्रदेश अधिवेशनको प्रतिनिधि हुन क्रियाशील सदस्यता प्राप्त गरेको तीन वर्ष पुगेको हुनुपर्नेछ । प्रदेश सभा कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचनबाट छानिने काँग्रेसले जनाएको छ।कार्यसमितिमा आएका १६ जना प्रतिनिधिमध्येबाट कोषाध्यक्ष मनोनयन गरिनेछ ।

सभापतिले कार्यसमितिको २० प्रतिशत अर्थात् चार जना सदस्य मनोनीत गर्ने छन् भने जनसंख्याका आधारमा प्रदेश सभा निर्वाचन समिति २७ सदस्यीय वा त्यो भन्दा केही तल माथि हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.