भर्खरै : Sorry, your browser does not support inline SVG.

एमसीसी अघिबढाउन कांग्रेस संसदीय दलको बैठक बस्दै

एमसीसी अघिबढाउन कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ बजे बैठक बस्न लागेको हो ।

बैठकमा अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) संसदमा अघि बढाउने विषयमा छलफल हुने नेताहरूले बताएका छन् । भोलिका लागि आह्वान गरिएको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा निर्णय गर्ने काँग्रेसले जनाएको छ ।

सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा पनि छलफल हुने बताइएको छ । संसदमा विचाराधीन विभिन्न विधेयकमा पार्टीले खेल्ने भूमिकालगायत विषयमा पनि बैठक केन्द्रित रहने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.