भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

नेप्सेमा हरियाली, दोहोरो अङ्कको वृद्धि

नेप्सेमा हरियाली, दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धेरै दिनपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १७।९५ अङ्कले उकालो लागेर दुई हजार २५६।५७ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३।८० अङ्कले उकालो लागेर ४३६।३५ मा पुगेको छ ।कूल २३३ कम्पनीको ३३ लाख ४१ हजार २१४ कित्ता शेयर रु एक अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७२ बराबरको कारोबार भयो । शेयर कारोबार हुने साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब १० अब ३० करोड ३६ लाख ९० हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ २।५४ र लघुवित्त ०।०३ अङ्कले ओरालो लागेको छ । त्यस्तै, व्यापार ४।९१, होटल तथा पर्यटन ७१।९७, विकास बैंक १०८।६२, जलविद्युत् ६६।४, वित्त ५३।५६, निर्जीवन बीमा ९।४९, उत्पादन ११।५७, अन्य ३५।८६, जीवन बीमा ३८।५८, सामूहिक लगानी कोष ०।०७ र लगानी १।४९ अङ्कले उकालो लागेको छ ।कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो संस्थाको रु सात करोड ५३ लाख ५९ हजार ४५५ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु चार करोड ६० लाख ७८ हजार ३५५, नबिल बैंक रु चार करोड १५ लाख ४८ हजार ९०३, एनआइसी एशिया बैंक रु तीन करोड ६७ लाख ९० हजार ८६७, अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ५८ लाख ८१ हजार ९०४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । घलेम्दी हाइड्रो पावर ८।८२, माउण्टेन इनर्जी नेपाल ८।६६, हिमालयन ऊर्जा विकास कम्पनी ७।५८ र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ७।०८ प्रतिशतले कमाए ।त्यस्तै उन्नति सहकार्य लघुवित्त ४।९२, एनआइसी एशिया सेलेक्ट फण्ड ४।०६, एशियन लाइफ इन्स्योरेन्स ३।५४, रुरु जलविद्युत् परियोजना ३।१२ र गरिमा विकास लघुवित्तका लगानकिर्ताले २।५७ प्रतिशतले गुमाए ।

 


Thali Mobile Pvt.Ltd.