भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

काठमाडौं । पत्रकार ऋषि धमलालाई कोरोना पोजेटिभ भएको छ । आइतबार धमलालाई कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएपछि उनी काठमाडौंस्थित घरमै आइसोलेसनमा बसेका छन् । धमलाले कोरोना देखिए पनि स्वास्थ्यमा कुनै समस्या नरहेको जानकारी दिए ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ लाख ९४ हजार ४ सय ५३ जना संक्रमितमध्ये १६ हजार ३१ जना वृद्धवृद्धामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुने ६ हजार ३ सय १० महिला र ९ हजार ७ सय २१ पुरुष रहेका छन् ।

६१ वर्षदेखि ७० वर्ष उमेर समूहका वृद्धवृद्धा सबैभन्दा बढी संक्रमित भएका छन् । यो उमेर समूहका ९ हजार ५ सय ५१ जना रहेका छन्। त्यस्तै ७१ देखि ८० वर्ष उमेर समूहका ४ हजार ६ सय १७ र ८० वर्षभन्दा माथिका १ हजार ८ सय ६३ जना वृद्धवृद्धा संक्रमित भएको तथ्यांक छ। संक्रमित हुने वृद्धवृद्धा सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.