काठमाडौं । पहाडी क्षेत्रमा सक्रिय रहेको पश्चिमी र स्थानीय वायुको असर आज पनि देखिने भएको छ।
दुई वटा प्रणालीको असरका कारण आज पहाडी क्षेत्रमा हावाहुरी र असिना पानीको सम्भावना छ ।
धेरैजसो ठाउँमा बेलुकीपख मेघगर्जनसहित असिना पानी र चट्याङ पर्ने मौसमविद् वरुण पौडेलले बताए ।
तराईका केही जिल्लामा भने तीव्र गतिमा हुरी चल्ने अनुमान छ । लामो समयदेखि पानी परेको छैन ।
तर दिउँसो र बेलुकाको समयमा तीव्र गतिमा हावा चल्न थाल्ने बताइएको छ ।
