काठमाडौं । पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको हो ।
संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । मृतक पुरुष भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।