भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पेन्सन बुझेर फर्किएको जिप दुर्घटनामा ५ को मृत्यु, ४ घाइते

पेन्सन बुझेर फर्किएको जिप दुर्घटनामा ५ को मृत्यु, ४ घाइते

बैतडी । जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० पुट्कामा दुर्घटना भएको हो । दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दशरथचन्द नगरपालिकाकी ७५ वर्षकी पावर्ती चन्द, ७० वर्षकी पावर्ती चन्द, ७७ वर्षका भागिरथ पाण्डेय, ५८ वर्षीय कृष्ण लावड र सुर्नया गाउँपालिकाकी ७५ वर्षकी कलावती चन्दको घटना स्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भारतबाट पेन्सन बुझेर फर्किएका भारतीय भूपू सैनिक परिवार चढेको जिप मंगलबार दुर्घटनामा परेको हो । जिपमा ९ जना सवार थिए । घाइते ४ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.