भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

प्रकृति र प्राणीबीच अन्योन्याश्रित सम्बन्ध–प्रदेश प्रमुख गुरुङ

प्रकृति र प्राणीबीच अन्योन्याश्रित सम्बन्ध–प्रदेश प्रमुख गुरुङ

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्ध रहेको बताए । तिहार पर्वको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उहाँले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा मानव जीवनका अनेक पक्षसँग जोडिएका पशुपन्छी र वनस्पतिको सम्मानस्वरूप पूजा गर्ने प्रचलन रहेको बताए  ।

घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने, देउसी भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहेको शुभकामना सन्देशमा उल्लेख छ । उज्यालो पर्व तिहारले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गर्दै सन्देशमा उहाँले कोरोना भाइरसको महामारीका कारण परिवारका सदस्य तथा समाजको बृहत् सुरक्षालाई विशेष ध्यान दिन सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा आग्रह गर्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.