भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक २०७७’ पारित

प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक २०७७’ पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक २०७७’ पारित भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीले बैठकमा उक्त विधेयक सभाबाट पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । यसअघि उक्त विधेयकमाथि भएको छलफलमा प्रदेशसभा सदस्य पूर्णा जोशी, महेशदत्त जोशी र श्यामलाल राना थारुले भाग लिनुभएको थियो ।

प्रदेशसभाको सामाजिक विकास समितिमा विधेयकमाथि दफावार छलफल गरिएको थियो । बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले ‘दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ टेबुल गर्नुभयो । निर्वाचन आयोगको पत्र नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को मुद्दामा सर्वोच्च अदालतको फैसलापछि निर्वाचन आयोगबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलगअलग पार्टी भएको भन्ने व्यहोराको पत्र प्रदेशसभा सचिवालयमा प्राप्त भएको प्रदेशसभाका सचिव रामसिंह धामीले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.