प्रदेश सरकारलाई खारेज गर्नु पर्ने महेश बस्नेतको जिकिर

प्रदेश सरकारलाई खारेज गर्नु पर्ने महेश बस्नेतको जिकिर

विराटनगर । नेकपा ओली पक्षका नेता महेश बस्नेतले प्रदेश सरकारलाई खारेज गर्नु पर्ने धारणा राखेका छन् ।

तीन तहको सरकारमध्ये केन्द्र र स्थानीय तह प्रभावकारी भएपनि प्रदेश कमजोर बनाउनुपर्ने धारणा राखेका हुन् । विराटनगरमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै उनले प्रमुख र उपप्रमुखलाई प्रदेशसभा सदस्यको मान्यता दिऔं भनेका छन् ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने भन्दै यो मोडलमा जाँदा दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था संविधानमा नै गर्नुपर्ने उनको धारणा छ ।

 


Thali Mobile Pvt.Ltd.