भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रदेश सुशासन केन्द्रको निर्देशकमा पोखरेल

प्रदेश सुशासन केन्द्रको निर्देशकमा पोखरेल

बागमती । वाग्मती प्रदेश सरकारले प्रदेश सुशासन केन्द्रको निर्देशकमा दोलखाका विमल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले चार वर्षे कार्यकालका लागि पोखरेललाई निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो । यसैगरी सोही मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालयमार्फत मदन भण्डारी फाउण्डेशनलाई रु ५० लाख दिने निर्णयसमेत गरेको छ । विविध सामाजिक काममा खर्च गर्ने गरी फाउण्डेशनलाई रकम दिने निर्णय गरेको हो ।

यस्तै सङ्घीय समपूरक तथा विषेश अनुदानतर्फका आयोजना र कार्यक्रमहरु प्रस्ताव गर्ने, वैकल्पिक ऊर्जा प्रणाली अनुदान परिचालन, दोलखाको जिलुको एकीकृत बस्तीका लागि रु दुई करोड ४० लाख दिने, प्रदेशका स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउनेलगायतका निर्णय गरेको मन्त्री ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता

आउँदो माघ २ गतेदेखि हुने प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका लागि वाग्मती प्रदेशले टिमको घोषणा गरेको छ । उक्त टिममा मकवानपुरका चार खेलाडीसमेत अटाएका छन् । वाग्मती प्रदेशले प्रतियोगिताको क्लोज क्याम्पका लागि २५ सदस्यीय टिमको घोषणा गरेको हो । राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल रहेको टिममा मकवानपुरका रामनरेश गिरी, रिजन ढकाल, तक्षक सिम्खडा र विशाल फुँयाल रहेका छन् ।

पुरुष प्रधानमन्त्री कप क्रिकेट माघ २ गतेबाट त्रिभुवन क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा शुरु हुँदैछ । प्रतियोगितामा तीन विभागीय टोलीसहित सातै प्रदेशको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.