भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रदेशसभा सदस्य गोसाईद्वारा वागीश्वरी कलेजको निर्माणाधीन भवनको अवलोकन

प्रदेशसभा सदस्य गोसाईद्वारा वागीश्वरी कलेजको निर्माणाधीन भवनको अवलोकन

भक्तपुर । बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले सोमबार वागीश्वरी कलेजको निर्माणाधीन भवनको अवलोकन गरेका छन् ।

भवन निर्माण कार्य भक्तपुर नगरपालिकाको आ.व. २०७८-0७९ को लागि बाग्मती प्रदेश सरकार, माननीय प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईको ‘प्रदेश पूर्वाधार किवास साझेदारी कार्यक्रम–२०७८’ अन्तर्गतको शिक्षा बजेट शीर्षकबाट व्यहोर्ने गरी लगत इस्टिमेट रु. ४९ लाख ३० हजार रुपैयाबाट भइरहेको छ ।

निर्माण कार्यबाट सन्तुष्ट व्यक्त गर्दै उनले निर्माणाधीन भवनको गुणस्तरमा कुनै पनि कन्जुस्याई नगर्न सुझाए । भवन निर्माण उपभोक्ता समितिका ज्ञानसागर प्रजापतिले हालसम्म भएको खर्च तथा प्रगति विवरणबारे जानकारी दिए । कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कलेजको शैक्षिक र भौतिक प्रगतिबारे जानकारी दिए ।

कलेजमा ८ दिने सीप विकास तालिम सम्पन्न
यसैबीच वागीश्वरी कलेज बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको सीप अभिवृद्धिलाई लक्षित गरी बैशाख २० गतेबाट सुरु भएको स्कील डेभलोपमेन्ट तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका अतिथि ज्ञानसागर प्रजापतिले क्षमता र सीपविनाको शिक्षा वा शैक्षिक योग्यता कागजको खोस्तो बराबर हुने बताए । विद्यार्थीहरुले शिक्षासँग समय सुहाउँदो सीप सिकी क्षमता अभिवृद्धि गरे भविष्य सफल हुने बताए ।

व्यावसायिक सीप विकास तालिमलाई पाठ्यक्रमसँग जोडी विश्वविद्यालयको कोर्षसँग अगाडि लान सके देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न टेवा पुग्ने बताए ।

स्रोतव्यक्तिहरु मानव संशाधन व्यवस्थापक रुविना प्रजापति, शैक्षिक परामर्शदाता प्रेम थापा, चार्टर एकाउन्टेन्ट मिरा पोख्रेल र व्यावसायिक तथा मानव संशाधन परामर्शदाता पुजा डंगोललाई मायाको चिनो र तालिममा सहभागी विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कलेजका शिक्षक विकल प्रजापतिले धारणा राखेका थिए ।

 


Thali Mobile Pvt.Ltd.