काठमाडौं । १६ दिनका लागि संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । प्रतिनिधिसभाको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणमा जाने भएपछि १६ दिनका लागि स्थगित गरिएको हो ।
असोज १४ गते आइतबारका लागि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक तोकेका छन् । एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको थियो । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले एमाले सांसद सुवास नेम्वाङको निधनका कारण प्रतिनिधिसभाको एक सिट रिक्त भएको जानकारी गराएको थिए ।
