भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

प्रहरीद्वारा दुर्गा प्रसाइको अभियानमा हिडेका श्रीनिवास सहित ८ जनाविरुद्ध मुद्दा दायर

प्रहरीद्वारा दुर्गा प्रसाइको अभियानमा हिडेका श्रीनिवास सहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । धर्मगुरु आचार्य श्रीनिवाससहित आठ जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । नागरिक बचाउका अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा उत्तेजक भाषण दिएको आरोपमा पक्राउ परेका उनलाई सार्वजनिक शान्ति सुरक्षा खलल पारेको कसुर र अभद्र व्यवहारमा मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि छानबिन गर्न प्रहरीले अदालतबाट तीन दिनको म्याद पाएको छ । उनीहरूमध्ये आचार्य श्रीनिवासलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा राखेर अनुसन्धान भइरहेको छ । अन्यलाई प्रहरी वृत्त गौशालामा राखिएको काठमाडौ परिसरले जनाएको छ । दुर्गा प्रसाइको अभियानले मंसीर ७ गतेदेखि राजधानीका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन गर्दै आएको छ ।

निवाससहित सुजन खड्का, मोहरमान बस्नेत, दिपेश खड्का र गोर्खाका अनिल गुरुङविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा चलाउन म्याद लिएको प्रहरीले जनाएको छ । आचार्य श्रीनिवासलाई तीन दिन र बाँकी चारजनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिनेछ । मनोज थापा, विनन्जय थापा र निकेश बास्तोलाविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.