काठमाडौं । हरर थ्रिलर फिल्म चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङको प्रदर्शन मिति घोषणा भएको छ ।
फिल्मको एक पोस्टर सार्वजनिक गर्दै आगामी पुस १५ गतेदेखि प्रदर्शन हुने बताइएको छ । एमी स्टुडिओ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्टलगायत कलाकारको अभिनय रहेको छ ।
यो फिल्मले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापना गर्ने निर्माता अरूण चक्रवर्तीको भनाइ छ । फिल्मको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । फिल्ममा नेपाली र बलिउड प्राविधिक प्रयोग गरिएको छ ।
फिल्ममा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रवर्ती लगानी गरेका छन् । फिल्मको वितरण राइट्स डिसिएन र डिजिटल राइट्स ओएसआर डिजिटलले किनेको छ ।

