भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

फिलिपिन्समा बाढी पहिरो र आँधीको कहर

फिलिपिन्समा बाढी पहिरो र आँधीको कहर

काठमाडौं । बाढी पहिरो र आँधीका कारण फिलिपिन्समा ५० जना भन्दा बढिको मृत्यु भएको छ । फिलिपिन्समा बाढी पहिरो र आँधीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ । आँधीका कारण आएको बाढी तथा पहिरोमा परेर कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने उद्धारकर्मीहरू अहिले पनि देशको पूर्वी, दक्षिणी तटीय क्षेत्रमा उद्धार तथा राहतका लागि खटिइरहेको जनाइएको छ ।

लेदो सहितको पहिरोले गाउँको जनजीवन प्रभावित भएको छ । मेगी आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित भएको छ । आँधीबाट जोगिन १३ हजार बढी मानिस सुरक्षित स्थानमा गएका छन् । भारी वर्षा र तीव्र गतिको हावाका कारण विद्युत आपूर्ति बन्द भएको छ भने घरमा बाढी पसेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.