भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

फेरि नेपालमा कोराना संक्रम बढ्ने संकेत

फेरि नेपालमा कोराना संक्रम बढ्ने संकेत

काठमाडौँ । फेरि नेपालमा कोरोना भाइरस सङ्क्रमणको दर बढ्दै गएको छ । आइतबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४२ पुगेसंगै फेरी कोरोना संक्रमणको दर बढ्दै गएको हो । आइतबार थप १६ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म पीसीआर विधिबाट १० लाख १ हजार २ सय २३ जना तथा एन्टिजेन विधिबाट १ लाख ५२ हजार २ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । ९ लाख ८९ हजार १६१ जना सङ्क्रमणमुक्त भएका छन् भने नेपालमा निको हुने दर ९८.८ प्रतिशत रहेको छ । नेपालमा हालसम्म १२ हजार २० जनाको मृत्यु भएको छ । नेपालमा मृत्यु हुने दर १.२ रहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.