भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

फेरी पनि आवश्यक परेमा आक्रमण हुन सक्ने इजरायलका प्रधानमन्त्रीको चेतावनी

फेरी पनि आवश्यक परेमा आक्रमण हुन सक्ने इजरायलका प्रधानमन्त्रीको चेतावनी

काठमाण्डौ । इजरायली सेना वेष्ट बैंकको जेनिन शरणार्थी शिविरबाट फिर्ता हुन थालेका छन् । लगातार दुई दिन आक्रमण गरेपछि इजरायली सेनाले कब्जा गरेको जेनिन शिविरबाट सेना फिर्ता हुन थालेका हुन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकवादविरुद्धको लडाइँ तत्कालका लागि रोकेको र सेना फिर्ता भएको बताएका छन् । फेरी पनि आवश्यक परेमा आक्रमण हुन सक्ने चेतावनी समेत दिएका छन् ।

इजरायली सेनाले वेस्ट बैंक क्षेत्रमा रहेको प्यालेस्टिनी जेनिन शरणार्थी शिविरमा आक्रमण गरेको थियो । शिविर आतंककारीको बलियो गढ भएको इजरायलको दाबी छ  । जेनिन शरणार्थी शिविरमा १४ हजार जना बस्दै आएका छन् । वेस्ट बैंक इजरायल नियन्त्रित क्षेत्र हो । इजरायलले वेस्ट बैंकमा गरेको आक्रमणको जोर्डन, इजिप्ट र कतारलगायतका देशले विरोध गरेका छन् ।

दुई सम्म जेनिन सहरमा भएको आक्रमणमा कम्तिमा १२ जना प्यालेस्टाइनी र एक जना इजरायली सेनाको ज्यान गएको छ । आक्रमणबाट सय जनाभन्दा धेरै घाइते भएको प्यालेस्टिनी अधिकारीहरुले बताएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.