भर्खरै : Sorry, your browser does not support inline SVG.

फेसबुक गेष्ट हाउसमा लगी बालिका बलात्कार गरेर भारतीयलाई बेच्ने व्यक्ति प्रहरीको नियन्त्रणमा

फेसबुक गेष्ट हाउसमा लगी बालिका बलात्कार गरेर भारतीयलाई बेच्ने व्यक्ति प्रहरीको नियन्त्रणमा

३ भदौ काठमाडौं । प्रेम जालमा फसाएर एक बालिकालाई बलात्कार गरी बेचबिखन गर्ने राजु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाइ प्रेम जालमा फसाइ बलात्कार गरेर बेचबिखन गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

नुवाकोट जिल्ला तादी गाउँपालिका– ३ खरानिटार स्थायी घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– २ बस्ने अर्पण भनिने राजु तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रलोभनमा पारेर बालिकालाई काठमाडौँको गोङ्गबुस्थित फेसबुक गेष्ट हाउसमा लगी पटकपटक बलात्कार गरेको अनुसन्धानबाट खुलेको ब्युरोका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बताए ।

त्यसपछि साथीमार्फत ट्याक्सी चढाइ काँकडभिट्टाबाट सीमा कटाई भारतीय एक नचिनेको पुरुषलाई बालिका जिम्मा लगाएर फर्किएको खुलेको छ । भारतीयले अश्लिल भिडियो देखाउदै र रकम तिरेर किनेको भन्दै चरम यातना दिएको खुलेको र शारीरिक र मानसिक यातना दिएको पीडित बालिकाले बताएकी छिन् । बालिका पीडकको आँखा छलेर भाग्न सफल भई कैलालीस्थित प्रहरीको सम्पर्कमा पुगेको बताएकी छिन् ।

एक वर्षअघिको सो घटनाको अभियुक्त तामाङविरुद्ध साउन २९ मा कारवाही गरी पाउँ भनी जाहेरी परेकोपछि अर्पण भनिने राजु तामाङलाई ब्युरोको टोलीले भदौ १ गते पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतले सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.