भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

बन्दकर्ताले पारे सडकमा बिहानैदेखि यातायात ठप्प

बन्दकर्ताले पारे सडकमा बिहानैदेखि यातायात ठप्प

खोटाङ । प्रदेश १ को नाम ‘कोशी’ राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण खोटाङको जनजीवन प्रभावित बनेको छ ।

फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएकोमा भर्त्सना गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्, किरात राई यायोक्खा लगायतको सहकार्यमा आइतबार जिल्लाभर बन्द आह्वान गरिएको हो ।

पहिचानको आधारमा नामकरण गराउनका लागि दबाब सिर्जना गर्न गठित प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आह्वानमा जिल्लामा बन्द गरिएको जसपाका प्रदेश समिति सदस्य नेता नविन राईले बताए ।

यातायातका साधन ठप्प बनेको छ । संयुक्त बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीको सवारी साधन चल्न पाएका छैनन् । बन्दकर्ताले मोटरसाइकल समेत नियन्त्रणमा लिएर पार्किङ गराइरहेका छन् ।

सवारी साधन चल्न नदिन बन्दकर्ता बिहान साढे तीन बजेदेखि दिक्तेलको किरात चोकका सडकमा पुगेका थिए । बन्दकर्ता दिक्तेलको किरात चोक र अल्छेढुंगास्थित मध्य पहाडी लोकमार्गमा बसेर सवारी आवागमनमा रोक लगाइरहेका छन् ।

यातायात ठप्प हुँदा यात्रु भने मारमा परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.