भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बन्दिपुरको धरमपानीमा चप्पल उद्योग सञ्चालन हुने

बन्दिपुरको धरमपानीमा चप्पल उद्योग सञ्चालन हुने

तनहुँ । बन्दिपुर गाउँपालिका–६ को धरमपानीमा चप्पल उद्योग सञ्चालनमा हुने भएको छ । उक्त वडास्थित धरमपानी महिला उद्यमी समूहलाई तालिम प्रदान गरी चप्पल उत्पादन गर्न लागिएको हो ।

गण्डकी प्रदेश सरकारको गरिबी निवारण उद्यमी विकास कार्यक्रमअन्र्तगत रु दुई लाख १३ हजार ५०० मा मेसिन खरिद गरी स्थानीय १२ लाई तालिम प्रदान गरिएको हो । तालिमबाट सीप सिकेका जनशक्तिलाई परिचानल गरी चप्पल उत्पादन गरी बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ । तालिम पश्चात चप्पल उत्पादन गरेर पालिकास्तरमै खपत गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

अहिले दैनिक ५०÷६० जोर चप्पल उत्पादन हुने गरेको छ । उहाँले भन्नुभयो, “उत्पादित चप्पल कोसेली घरमा पनि राखेर प्याकेजिङको रुपमा बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ ।’’ उत्पादित बस्तु बिक्री वितरण र बजारीकरणको लागि गाउँपालिका कार्यालयको भूमिका रहने उहाँले बताउनुभयो । बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा महिला उद्यमी समूहलाई चार सिलाइ कटाइ मेसिन प्रदान गरेर आयआर्जनतर्फ सक्रिय बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिनुभयो ।

गाउँपालिका कार्यालयले बन्दिपुर बजार क्षेत्रमा पेपर प्लेट विस्थापित गर्नको लागि सालको पातको टपरी प्रयोगमा ल्याउने गरी काम गरिरहेको उहाँले बताउनुभयो । टपरी बनाउनको लागि १२ जनालाई सहभागी गराएर तालिम प्रदान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.