भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

बन्दिपुरको धरमपानीमा चप्पल उद्योग सञ्चालन हुने

बन्दिपुरको धरमपानीमा चप्पल उद्योग सञ्चालन हुने

तनहुँ । बन्दिपुर गाउँपालिका–६ को धरमपानीमा चप्पल उद्योग सञ्चालनमा हुने भएको छ । उक्त वडास्थित धरमपानी महिला उद्यमी समूहलाई तालिम प्रदान गरी चप्पल उत्पादन गर्न लागिएको हो ।

गण्डकी प्रदेश सरकारको गरिबी निवारण उद्यमी विकास कार्यक्रमअन्र्तगत रु दुई लाख १३ हजार ५०० मा मेसिन खरिद गरी स्थानीय १२ लाई तालिम प्रदान गरिएको हो । तालिमबाट सीप सिकेका जनशक्तिलाई परिचानल गरी चप्पल उत्पादन गरी बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ । तालिम पश्चात चप्पल उत्पादन गरेर पालिकास्तरमै खपत गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

अहिले दैनिक ५०÷६० जोर चप्पल उत्पादन हुने गरेको छ । उहाँले भन्नुभयो, “उत्पादित चप्पल कोसेली घरमा पनि राखेर प्याकेजिङको रुपमा बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ ।’’ उत्पादित बस्तु बिक्री वितरण र बजारीकरणको लागि गाउँपालिका कार्यालयको भूमिका रहने उहाँले बताउनुभयो । बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा महिला उद्यमी समूहलाई चार सिलाइ कटाइ मेसिन प्रदान गरेर आयआर्जनतर्फ सक्रिय बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिनुभयो ।

गाउँपालिका कार्यालयले बन्दिपुर बजार क्षेत्रमा पेपर प्लेट विस्थापित गर्नको लागि सालको पातको टपरी प्रयोगमा ल्याउने गरी काम गरिरहेको उहाँले बताउनुभयो । टपरी बनाउनको लागि १२ जनालाई सहभागी गराएर तालिम प्रदान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.