काठमाडौं । भीमफेदी–कुलेखानी सुरुङमार्गलाई माओवादी नेता ‘पोस्टबहादुर बोगटी सुरुङ मार्ग’ नामाकरण गरिएको छ ।मध्यपहाडी लोकमार्ग (मदन भण्डारी राजमार्ग) अन्तर्गत बनाउन अन्तर्राष्ट्रिय परामर्शदाता छान्ने प्रक्रिया अघि बढेको छ ।
यसका लागि १२ वटा अन्तर्राष्ट्रिय परामर्शदाताले आशयपत्र पेश गरेका छन् । प्रदेश सरकारले संघीय सरकारसँगको सहकार्यमा कार्यदल पनि बनाइसकेको छ । भदौ ९ मा गठन भएको ६ सदस्यीय कार्यदलले प्रतिवेदन दिन भने बाँकी नै छ ।

