भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बयर जातका बाख्रा अज्ञात रोगले बाख्रा मरे

बयर जातका बाख्रा अज्ञात रोगले बाख्रा मरे

जुम्ला । जुम्लामा अज्ञात रोगले बयर जातका बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । महङ्गोमा खरिद गरेर पालिएका बाख्रा मर्न थालेपछि किसान निकै चिन्तित हुन थालेको चन्दननाथ नगरपालिका–३ का स्थानीयवासी भक्तबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “एक हप्तादेखि बाख्रा मर्न थालेको र मेरा मात्र ६ वटा बोका मरिसके, चार वटा बिरामी छन् ।” विसं २०६४ देखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएका भक्तबहादुरले झण्डै साढे दुई लाखको क्षति भइसकेको बताउनुभयो । खरिद गर्दा प्रति बाख्रा झण्डै रु ५० देखि ६० हजारसम्म मूल्य पर्छ ।

पशु चिकित्सकले खोरमै पुगेर दुई दुई वटा सुई लगाएर फर्किएपनि रोग नियन्त्रण हुन नसकेको जनाइएको छ । बिरामी बाख्राले पातलो दिशा गर्ने, काम्ने, ¥याल निकाल्ने, झोक्रयाउने जस्ता लक्षण देखिएको छ । लक्षण देखिएको केही घण्टामै बाख्रा मर्ने गरेका छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भेटनरी अस्पतालका प्रमुखलाई भनेर पशु प्राविधिकलाई नियमित रुपमा पठाउन निर्देशन दिनुभएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.