भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

बयर जातका बाख्रा अज्ञात रोगले बाख्रा मरे

बयर जातका बाख्रा अज्ञात रोगले बाख्रा मरे

जुम्ला । जुम्लामा अज्ञात रोगले बयर जातका बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । महङ्गोमा खरिद गरेर पालिएका बाख्रा मर्न थालेपछि किसान निकै चिन्तित हुन थालेको चन्दननाथ नगरपालिका–३ का स्थानीयवासी भक्तबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “एक हप्तादेखि बाख्रा मर्न थालेको र मेरा मात्र ६ वटा बोका मरिसके, चार वटा बिरामी छन् ।” विसं २०६४ देखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएका भक्तबहादुरले झण्डै साढे दुई लाखको क्षति भइसकेको बताउनुभयो । खरिद गर्दा प्रति बाख्रा झण्डै रु ५० देखि ६० हजारसम्म मूल्य पर्छ ।

पशु चिकित्सकले खोरमै पुगेर दुई दुई वटा सुई लगाएर फर्किएपनि रोग नियन्त्रण हुन नसकेको जनाइएको छ । बिरामी बाख्राले पातलो दिशा गर्ने, काम्ने, ¥याल निकाल्ने, झोक्रयाउने जस्ता लक्षण देखिएको छ । लक्षण देखिएको केही घण्टामै बाख्रा मर्ने गरेका छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भेटनरी अस्पतालका प्रमुखलाई भनेर पशु प्राविधिकलाई नियमित रुपमा पठाउन निर्देशन दिनुभएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.