बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक जनाको ज्यान गएको छ । मंगलबार जनजागृती सामुदायिक वनमा बाख्रा चराउन गएका एक जनाको आक्रमणबाट ज्यान गएको हो । बाघको आक्रमणबाट ज्यान गुमाउनेमा मधुबन नगरपालिका–२ की ४७ वर्षीया कौशिला पालक रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।
कौशिलाका बाघको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो । बाघले जिल्ला प्रहरी कार्यलय बर्दियाले बाघका कारण पटक–पटक मानवीय क्षति भइरहेकाले घाँस दाउरा काट्न तथा वस्तुभाउ चराउन जाँदा होशियारी अपनाउन सबैमा अनुरोध समेत गरेको छ ।
