भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बलिउडमा भाग्य चम्काइदिने भन्दै यौन शोषण

बलिउडमा भाग्य चम्काइदिने भन्दै यौन शोषण

मुम्बई । भारतीय कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि शंकाको घेरामा रहेकी रिया चक्रवर्तीमाथि लागुऔषध (ड्रग्स)को प्रयोग गरेको या नगरेको भनी अनुसन्धान भइरहेको छ । यसैबीच निर्देशक अनुराग कश्यपमाथि कलाकार पायल घोषले यौन शोषणको आरोप लगाएकी छिन् ।

अनुरागमाथि लागेको यौन शोषणको आरोपको विषय भारतको संसदमा पनि उठेको छ । बीजेपी सांसद रवि किशनले यो विषय संसदमा उठाए । साथै उनले कठोर कानूनको माग पनि गरे ।उनले संसदमा भने – हाम्रो देशमा नारी देवी दुर्गा र गौमाता जस्तै पूजनीय छन्, तर बलिउडसहित कैयन् क्षेत्र यस्ता छन्, जहाँ अझै पनि केही व्यक्तिले उनको भाग्य चम्काइदिने दाबी गर्दै फाइदा लिन खोज्छन् ।’

रवि किशनले अनुराग र पायलको नाम भने लिएका थिएनन् ।बरु उनले एक बलियो कानूनको माग गरेका थिए । उनले महिला र युवतीहरुलाई अनुचित दबाब दिनेमाथि भय पैदा हुने कानून ल्याउन माग गरेका थिए । रवि किशन र अनुराग कश्यपबीचको लडाइँ सुशान्त र रियाको केशमा नै देखिएको थियो ।

अनुरागले ट्वीटमार्फत रवि किशनले गाँजा तान्ने गरेको आरोप लगाएका थिए । यो आरोपमा रवि किशन भने चुप रहेका थिए ।रवि किशनलाई उनका अर्का साथी मनोज तिवारीको पनि साथ मिलेको थियो । सुशान्त सिंह राजपूतको मृत्यु र लागुऔषधबारे पनि संसदमा प्रश्न उठाइएको थियो । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.