बाकेमा सेनासंग दोहोरो गोली हानाहान, हतियारसहित दुई जना पक्राउ

बाकेमा सेनासंग दोहोरो गोली हानाहान, हतियारसहित दुई जना पक्राउ

बर्दिया । राष्ट्रिय निकुञ्जमा गएराति निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र सिकारीबीच गोली हानाहान भएको छ । निकुञ्जको खयर भट्टीमा ५–६ जनाको समूहमा रहेका सिकारी र निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाली सेनाबीच गोली हानाहान भएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए ।

निकुञ्जको कोर इलाकामा पर्ने गिठ्ठे खोला नजिक कर्मचारीसहित नेपाली सेनाको संयुक्त गस्ती टोली र हतियारधारीसँग मुठभेड हुँदा दोहोरो फायरिङ भएको निकुञ्जले जनाएको छ । वन्यजन्तुको मासु भाग लगाएर प्याक गर्दै गरेको अवस्थामा फेला पारेको सहायक संरक्षण अधिकृत असिम थापाले बताए ।

सिकारीले सेनालाई देख्नासाथ गोली चलाएको र सेनाले पनि जवाफमा गोली चलाएको उनको भनाइ छ । तत्काल खोजी गर्दै जाने क्रममा दुई जनालाई पक्राउ गरेपरेका छन् । पक्राउ पर्नेमा सुर्खेत बराहाताल गाउँपालिका वडा नम्बर ३ नरसिंहकाँडाका ३४ वर्षका चक्रबहादुर विष्ट र त्यही ठाउँका २४ वर्षका गणेश तिवारी रहेका छन् ।

उनीहरुको साथबाट भरुवा बन्दुक ३ थान, गोली १७ थान, बारुद २०० ग्राम, हँसिया ५ थान, गुलेली १, जाल १, वन्यजन्तुको सुकुटी अन्दाजी ७० किलो, बन्दोबस्तीको सामानलगायतका सामाग्री बरामद गरिएको छ । फरार रहेका शिकारीको खोजी कार्य जारी छ ।

 


Thali Mobile Pvt.Ltd.