भर्खरै : Sorry, your browser does not support inline SVG.
पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ | बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना | पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह |

बाढी प्रभावित क्षेत्रको निरीक्षण

बाढी प्रभावित क्षेत्रको निरीक्षण

गण्डकी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले आज पोखरा महानगरपालिका– ३२ का विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । वर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण भएको क्षतिलगायतका विषयमा मन्त्री खड्काले स्थलगत अवलोकन गरेर जानकारी लिनुभएको हो ।

यस क्षेत्रमा वर्षात्को समयमा पर्ने गरेको समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश सरकार गम्भीर भएको जनाउँदै उहाँले सम्बद्ध सबैसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले वर्षायामको बाढीका कारण यस क्षेत्रका सर्वसाधारण वर्षेनी समस्यामा परिरहेकाले यसको चाँडो समाधान खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बाढी नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष शिवजी लामिछानेले वर्षात्का समयमा यस क्षेत्रका विभिन्न स्थानमा क्षति पुग्ने गरेको जनाउँदै समस्याको समयमा नै समाधान नखोजेमा दीघकालीनरुपमा ठूलो असर पार्ने बताए। नेपाल तरुण दलका केन्द्रीय सदस्य भरत थापा, गोगन माध्यमिक विद्यालयका अध्यक्ष मेघराज पौडेल, नेपाली काँग्रेस वडा नं ३२ का सचिव किसन परियार, नेपाल तरुण दल वडाका पूर्व अध्यक्ष कीर्तिराज खनाललगायतले यस क्षेत्रमा बाढीले पार्ने गरेको प्रभाव र समाधानका उपायलगायतका विषयमा मन्त्री खड्काको ध्यानाकर्षण गराउनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.