भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

बाढीले कैलाली र कञ्‍चनपुरका ५६०० परिवार विस्थापित

बाढीले कैलाली र कञ्‍चनपुरका ५६०० परिवार विस्थापित

१५ श्रावण २०७७ महेन्द्रनगर । अविरल वर्षाका कारण कैलाली, कञ्चनपुरका विभिन्न बस्तीमा पसेको बाढीले धेरै क्षेत्र डुबानमा परेको छ । बाढीले भजनी नगरपालिका–८ का तीन जना बेपत्ता भएका छन् । डुबानले यस क्षेत्रका पाँच हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । कान्द्रा नदीको बाढीले कैलाली भजनी बस्ती प्रभावित भएको छ भने सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित तर्फ लगेको छ ।

वर्षाले भजनीसँगै टीकापुर, जोशीपुर , जानकीनगर र कैलारी गाउँपालिका जलमग्न भएका छन् । हुलाकी सडकखण्डमा पर्ने भजनी–८ सुनाफाँटाका ईश्वरी शाह, चक्र विक र स्केल चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टले बताए । ११ वर्षीय चौधरी घरनजिकै कुलोमा बगेर बेपत्ता भएका हुन् भने हुलाकी सडकमा बाढी तरेर आइरहेका चार जनामध्ये ईश्वर र चक्र बेपत्ता भएका हुन् । बिक्की शाह र हेमन्त शाहको स्थानीयले उद्धार गरेका थिए । कर्णालीको भँगालोमा आएको बाढीले भजनी, टीकापुर नगरपालिका, जोशीपुर, जानकी, बर्दगोरिया र कैलारी गाउँपालिकाका दर्जनौं बस्ती डुबानमा परेका छन् ।

भजनी नगरपालिकामा १ हजार ८ सय ८०, जानकी गाउँपालिकामा १ हजार, जोशीपुरमा २ हजार ३ सय १५ र टीकापुर नगरपालिकामा ५ सय परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए । बाढीको खतरा अझै बढेको छ । जीउधनको क्षति हुन नदिन प्रशासन लागिपरेको छ । घरभित्र बाढी पसेर करिब १० हजार परिवार प्रभावित भएको भजनीका मेयर शेरबहादुर चौधरीले बताए । ३, ५, ७ र ८ नम्बर वडा पूर्ण डुबानमा परेको उनको भनाई छ । यस्तै जोशीपुर गाउँपालिकाको पूर्वतर्फका ७, ५ र ४ नम्बर वडाका सिमराना, खर्चोवा, पटाउ, हसनपुर, खमिरियालगायत गाउँ पथरिया नदीले डुबानमा पारेको अध्यक्ष रामकृष्ण चौधरीले बताए ।

पश्चिमतर्फ रतनपुर कुनौसी, खुसी, राजीपुर भित्रियासम्मका एक दर्जन बस्तीमा पथरिया नदीको बाढी पसेको छ भने जोशीपुर गाउँपालिकामा करिब २४ सय घर डुबानमा परेको गाउँपालिका अध्यक्ष चौधरीले बताए । त्यस्तै मोहना नदीले कैलारी गाउँपालिकाका हसुलिया, भित्रवा, मोहनपुर, शिवरतनपुर, बेलापरसुवालगायत बस्तीलाई डुबानमा पारेको छ ।

कर्णालीको भँगालोबाट आएको बाढीले टीकापुरको दुर्गौलीलगायत क्षेत्र पनि डुबानमा परेको प्रहरीले बताएको छ । यता महाकालीमा पानीको सतह १ लाख क्युसेक पुग्नेबित्तिकै शारदा ब्यारेजको पुलमा ठूला सवारीसाधन बन्द गरिँदै आएको छ । जीर्ण पुलमा जोखिम हुने भएकाले बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बताएको छ । जोगबुढामा महाकाली नदीमा पानीको सतह खतरा नजिक भएकाले सतर्क रहन सूचित गरेको उनको भनाईछ ।

 


Thali Mobile Pvt.Ltd.