भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बादी समुदायको घर टहरा भत्काइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण

बादी समुदायको घर टहरा भत्काइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण

कैलाली । गोदावरी नगरपालिका–३ चौकीडाँडा स्थित सडक छेउमा बस्दै आएका बादी समुदायको घर टहरा भत्काइएको घटनाप्रति दलित समुदायले गम्भीर ध्यानाकर्षण गरेको छ । संविधानको धारा ४० को उपधारा (५) र (६) मा दलितहरुलाई जमिन र सुरक्षित आवास उपलब्ध गराउने मौलिक हकको व्यवस्था गरेको छ ।

तर महेन्द्रराज मार्गको दुबैतर्फ निर्माण गरिएका पाँच सय बढी घर टहरा मिति २०८० बैशाख १८ गते (१ मे अन्तराष्ट्रिय श्रमिक दिवश) का दिन वन कार्यालयले भत्काएको घटनाले संविधानमाथि नै प्रश्न चिन्ह खडा गरेको भन्दै मौलिक अधिकार हनन भएको दलित समुदायले बताएको छ ।

प्रहरी, वन कर्मचारी र स्थानीय वन उपभोक्ताहरूले गोदावरी नगरपालिका, जिल्ला प्रशासन कार्यालय र वन डिभिजन कार्यालय धनगढीको सहयोगमा बडीमालिका सामुदायिक वन र चौकीडाँडा महिला सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको घर टहरा भत्काएका छन् ।

वन डिभिजन कार्यालय धनगढी र सव–डिभिजन कार्यालय अत्तरियाले दुईवटा डोजर प्रयोग गरेर आफ्नो घर टहरा भत्काएको पीडितहरुले बताए । बस्ने घर टहरानै भत्काइएपछि बिचल्ली भएको पीडीतहरुको गुनासो छ ।

बादी समुदायसंग नेपाल सरकारले गरेको सम्झौता अनुसार आफूहरुको गास,बासको व्यवस्था गर्नुको साटो घर टहरा भत्काएर अन्याय गरेको उनीहरुको भनाइछ । यस समस्याको सामाधानका लागि यस क्षेत्रका सरोकारवाला, निति निर्माता, राजनैतिक दल, सरकारी निकाय,

नागरिक समाज, पत्रकार, मानवअधिकारकर्मीलाई पहल गरि दिन दलित समुदायले हार्दिक अपिल गरेको छ । मानव अधिकारको सम्मान, संरक्षण र परिपुर्ति गर्नु राज्यको दायित्व भएकोले यस समस्याको बिकल्प सहित सामाधान गर्न सरकारसंग समुदायले जोडदार माग गरेको छ ।

यदि समयमै यस समस्याको सामाधान गर्न नसके चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
बिज्ञप्ती

बादी समुदायको घर टहरा भत्काइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण

 


Thali Mobile Pvt.Ltd.