भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

प्रवासी नेपालीको नि:शुल्क उद्वार गर्न सरकारसंग प्रवासी नेपाली एकता मञ्च ओमानको माग

प्रवासी नेपालीको नि:शुल्क उद्वार गर्न सरकारसंग प्रवासी नेपाली एकता मञ्च ओमानको माग

काठमाडौं । सरकारले प्रवासी नेपालीको मनमा चोट पुर्‍याउने काम गरेको भन्दै  प्रवासी नेपाली एकता मञ्च ओमानले नि:शुल्क उद्वार गर्न सरकारसंग माग गरेकाे छ । विपदको घडीमा सरकारले निशुल्क आफ्ना नागरिकलाई स्वदेश फर्काउनु पर्ने ठाउँमा मुस्किलले पीसिआर टेष्ट गर्दै आफै टिकट काटेर आउन खोजेका पीडित प्रवासी नेपालीहरूलाई थप आर्थिक भार पर्ने गरी राजधानीको होटलमा अनिवार्य क्वारेण्टाईन बस्नु पर्ने भनेर तर्साइरहेकाे अाराेप लगाएकाे छ ।

सहयाेग गर्नुपर्ने बेला उल्टै प्रवासी नेपालीको मन मुटुमा चोट पुर्याउने कार्य गरेको मञ्चकाे बताएकाे छ । कोभिड १९ र त्यसको प्रतिकुल प्रभावले विश्व नै आक्रान्त भएको परिवेशमा विभिन्न मुलुकमा वैदेशिक रोजगारी गर्दै आएका प्रवासी नेपाली दिनानुदिन रोजगार गुमाएर पीडित बन्दै गएको अवसथामा आफ्नो मुलुक फर्किन नपाउँदा थप पीडामा परेको मञ्चका अध्यक्ष उमेश विकले कैलाश खबरसंग बताए ।

विपदको घडीमा सरकारले आफ्ना नागरिकलाई निशुल्क स्वदेश फर्काउनु पर्नेमा उल्टै थप आर्थिक भार पर्ने गरी राजधानीका होटलहरूमा अनिवार्य क्वारेण्टाईन बस्नु पर्ने व्यवस्था गरेर प्रवासी नेपालीहरूको पक्षमा अहित हुने काम गरेको अध्यक्ष विकको भनाई छ । मञ्चले एक विज्ञप्ती जारी गरी सरकारको उक्त कदमकाे घोर विरोध जनाएकाे छ ।

प्रवासी नेपाली एकता मञ्च ओमानले तत्काल यो अनिवार्यताको व्यवस्था हटाई पी.सि.आर जाँच नेगेटिभ देखिएकालाई होम क्वारेण्टाईनका लागि आ–आफ्नो गाउँ ठाउँ सम्म पु¥याने व्यवस्था गर्न मिलाउन माग गरेको छ ।parbasi manch

 


Thali Mobile Pvt.Ltd.