भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्छः नेत्री कोइराला

बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्छः नेत्री कोइराला

काठमाडौँ, । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताइन्। गिरिजाप्रसाद कोइराला लेबर फाउन्डेशनले आज गोकर्णेश्वरमा आयोजना गरेको ‘बालश्रम न्यूनीकरणका लागि जागरण कार्यक्रम’मा पूर्वउपप्रधानमन्त्री कोइरालाले गरिबीका कारण बालश्रम बढेको भन्दै यसलाई न्यूनीकरण गर्न सरकार गम्भीर बन्नुपर्ने बताइन् । “जबसम्म मुलुकमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था सिर्जना हुँदैन, तबसम्म बालश्रम न्यूनीकरण हुन सक्दैन,” उनले भनिन् । बालबालिकालाई श्रममुक्त बनाउनका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले घरायसी समस्याका कारण बालबालिका श्रम गर्न बाध्य भएको उल्लेख गर्दै बालश्रम न्यूनीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्दै आएको बताए। गोकर्णेश्वर नगरपालिका–८ का वडाध्यक्ष एवम् गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले रेष्टुरेन्ट, ह्यान्डिक्राफ्ट, यातायातलगायत क्षेत्रमा बालश्रम अत्यधिक रहेको भन्दै यसलाई न्यूनीकरण गर्न तीनै तहको सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओका कार्यक्रम सहायक अरविन्द लेखकले स्थानीय तहलाई बालश्रम मुक्त श्रेत्र निर्माण गर्न आइएलओले काम गर्दै आएको बताए ।

नेपाल ह्यान्डिक्राफ्ट तथा सिलाइ बुनाइ सम्बध श्रमिक सङ्घका अध्यक्ष तेजप्रसाद रिजालले ह्यान्डिक्राफ्टको क्षेत्रमा अत्यधिक बालश्रम रहेको भन्दै यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताए । नेपाली कांग्रेस दक्षिणकाली नगरपालिकाका सहसचिव सानुकाजी गिरीले बालश्रम न्यूनीकरणका लागि नागरिक समाजको ठूलो भूमिका रहेको बताए । कार्यक्रममा फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुधा दाहाल, महासचिव सूर्य नेपाल, कोषाध्यक्ष इन्द्रमणि उप्रेती, सदस्य गणेश भट्टराईलगायतले विगत १४ वर्षदेखि फाउन्डेशनले श्रम तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको कामका बारेमा प्रकाश पार्नुभएको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.