बालुवाटारमा नौटंकी, प्रचण्ड निर्वाचन आयोगमा

बालुवाटारमा नौटंकी, प्रचण्ड निर्वाचन आयोगमा

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक नौटंकी भएको बताएका छन् ।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकले पुस ७ गते १ बजे केन्द्रीय कमिटी बैठक बोलाउने र पार्टी अध्यक्ष ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव लैजाने निर्णय गरेको प्रचण्डले बताए ।

बानेश्वरमा बहुमत सांसदहरुको बैठकलाई सम्बोधन गर्दै केन्द्रीय कमिटीको बैठकका निर्णय निर्वाचन आयोगलाई औपचारिक रुपमा जानकारी गराइसकिएको बताए । भोलि १ बजे कार्की पार्टी प्यालेसमा बस्ने केन्द्रीय समितिको बैठक नै वास्तविक बैठक हुने भन्दै बालुवाटारमा बोलाइएको कथित बैठक नौटंकी सिवाय अरु केही नभएको दावी प्रचण्डले गरे ।

 


Thali Mobile Pvt.Ltd.