सोफिया । मादक पदार्थ सेवन गरी चालकले चलाएको ट्रकमा लुकेर बसेका ५५ जना कागजपत्रविहीन आप्रवासीलाई पक्राउ गरेको । त्यहाँको अभियोजकको कार्यालयले बिहीबार विज्ञप्तिमार्फत सो बारे जानकारी दिएको छ। सोफियाबाट १२४ किलोमिटर पूर्वमा रहेको कर्नारे गाउँ नजिकैको सडकमा निरीक्षणका क्रममा सो ट्रकमा ५५ जना त्यस्ता आप्रवासीहरू लुगेको भेटाइएको थियो ।
ती आप्रवासी व्यक्तिहरू अफगानी नागरिक रहेको बताइएको छ। ती मध्ये १८ जना नाबालीग छन् । अधिकारीहरूले उनीहरूलाई सर्बिया लगिने बताएका छन् । लागुपदार्थ सेवन गरेको ट्रक चालकबाट ०.४ ग्राम कोकिन समेत फेला परेको छ। सो घटना बारे छानबिन भइरहेको छ ।
