भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

बूढानीपोखरा ३३ मा ल्याण्डफिल्ड साइड सार्न तत्काल पूर्वाधार बनाउने

बूढानीपोखरा ३३ मा ल्याण्डफिल्ड साइड सार्न तत्काल पूर्वाधार बनाउने

पोखरा । पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ ।अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसक्दासमेत उचित व्यवस्थापन हुन नसकेर समस्याको रुपमा रहेको ल्याण्डफिल्ड साइटलाई महानगरले प्राथमिकतमा राखेर सो निर्णय गरेको पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले पोखरामा एक वर्षभित्रमा विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने र यसरी निर्माण गर्ने अवधिसम्मका लागि बैंक, होटल, विभिन्न सङ्घ सस्था र रेष्टुराँका शौचालय सर्वसाधारण नागरिकका लागि प्रयोग गर्न दुईपक्षीय सम्झौता गर्ने निर्णय भएको छ ।

यसैगरी पोखरा महानगरपालिकाले तत्काल आपत्कालीन सेवा सञ्चानमा ल्याउने भएको छ । सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, आगलागी तथा विभिन्न घटनामा तत्काल जनशक्ति परिचालन गर्ने गरी पूर्वाधार महाशाखाको क्षमता विकास गर्ने र कर्मचारीसमेत भर्ना गरेर सेवामा प्रभावकारिता ल्याउने कार्यपालिका बैठकले निर्णय गरेको छ ।बैठकले छाडा चौपाया सडकबाट हटाउने र ढल तथा नाला सफाइ अभियान चलाएर व्यवहारिक रुपमा आपत्कालीन सेवा तत्काल गर्ने निर्णय भएको छ । पोखराका खाल्डाखुल्डी पुर्नसमेत तत्काल जनशक्ति परिचालन गरिने भएको छ । त्यसैगरी महानगरले तालचोक–बेगनास सडकको निर्माणको ठेक्का बोलपत्र स्वीकृत गरेको रिजालले जानकारी दिनुभयो । त्यस्तै झण्डै तीन किलोमिटरको चार लेन सडक निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.