भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

बूढानीलकण्ठमा सांस्कृतिक प्रज्ञाप्रतिष्ठान स्थापना गरिने

बूढानीलकण्ठमा सांस्कृतिक प्रज्ञाप्रतिष्ठान स्थापना गरिने

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले नगरको धार्मिक, सांस्कृतिक तथा सामाजिक विकास गर्ने उद्देश्यले सांस्कृतिक प्रज्ञाप्रतिष्ठान स्थापना गर्ने भएको छ । कपन साहित्य समाजको आयोजनामा आज यात्री स्मृति कक्षमा भएको ‘नवनिर्वाचित जनप्रतिनिधि सम्मान’ कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुखले ‘कल्चरल एकेडेमी’का माध्यमबाट नगरको सामाजिक उन्नयन तथा सांस्कृतिक रुपान्तरण गर्नाका साथै प्राकृतिक तथा भौतिक सम्पदाको संरक्षण र विकास गरिने बताउनुभयो ।सो अवसरमा नगर प्रमुख तथा समाजका संस्थापक अध्यक्ष मीठाराम अधिकारीले आगामी असार ९ गते हुने नगर परिषद्का लागि विस्तृत परियोजना प्रतिवेदनका साथ आफ्ना कार्यक्रम माग गर्न समाजलाई आग्रह गर्नुभयो । उपप्रमुख अनिता लामाले नगरका इतिहास, कला, संस्कृति, पर्यावरण विकास आदि समेटिने प्रज्ञाप्रतिष्ठान बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले आफ्नो संस्थाले पछिल्लो कार्यकालमा अप्राप्य ग्रन्थ र नयाँ गरी १५० कृति प्रकाशन गरेको जानकारी दिँदै शासकमा प्रज्ञा एवं सिर्जनाको महत्त्व बुझ्ने क्षमता हुनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा कौशिकी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको साहित्यकार होमशङ्कर बास्तोलाद्वारा ५० को दशकको उत्तराद्र्धदेखि सत्तरीको दशकसम्म लिखित कवितासङ्ग्रह ‘भोका सपनाहरू’ विमोचन गरिएको थियो । कृतिमाथि समीक्षा गर्दै समाजका सल्लाहकार आरएम डङ्गोलले सङ्ग्रहमा द्वन्द्वग्रस्त परिस्थिति, निम्नवर्गीय भोगाइ र पीडा, नारी संवेदना आदिलाई राम्रोसँग चित्रण गरिएको बताउनुभयो भने प्रतिष्ठानका अध्यक्ष चेतनाथ धमलाले विद्रोही चेतनाका साहित्यकार बास्तोलाका कविता सरल र बोधगम्य भएको स्पष्ट गर्नुभयो । समाजका अध्यक्ष गणेशकुमार मिश्र र महासचिव लक्ष्मण अधिकारीले समाजका गतिविधिबारे चर्चा गर्नुभएको थियो ।सो अवसरमा नगर प्रमुख, उपप्रमुखलगायत कपन क्षेत्रमा पर्ने वडा नं १०, ११ र १२ का वडाध्यक्ष नवराज भट्टराई, राजु अधिकारी र शम्भु भट्टराईलगायत सदस्यलाई सम्मान गरिएको थियो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.