भरतपुर महानगरमा रेनु दाहाल चार हजार मतको अग्रता कायमै

भरतपुर महानगरमा रेनु दाहाल चार हजार मतको अग्रता कायमै

काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार बनेकी रेनु दाहालको अग्रता कायमै छ ।

हालसम्मको मतपरिणामअनुसार उनले २० हजार १४३ मत ल्याएकी छिन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका विजय सुवेदीले १६ हजार ८७० मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सात हजार ७५३ मत ल्याएका छन् । उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ४०३ मत पाएका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकबाट उपमेयर पदमा उम्मेदवारी दिएकी हिमला गुरुङले १३ हजार १६३ मत ल्याएकी छिन् । भरतपुरमा मतगणना जारी रहेको छ।

 


Thali Mobile Pvt.Ltd.