भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

भूमि आयोगको कार्यालय स्थापना

भूमि आयोगको कार्यालय स्थापना

सिमकोट । भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय हुम्लामा पनि स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनौ शुक्रबार एक कार्यक्रमका बीच कार्यालय स्थापना भएको हो । आयोगका जिल्ला अध्यक्ष प्रकाश सुनारले सरकारको नीति नियम र कानूनको आधारमा रही हुम्लाका भूमिहीन सुकुम्वासीको व्यवस्थापनका गरिने एकबद्धता व्यक्त गर्नुभयो ।

आयोगका विज्ञ सदस्य बुध भण्डारीले जिल्लामा पहिलोपटक भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना हुनु खुशीको कुरा हो भन्नुभयो । आयोगले जिल्लामा रहेका निमुखा, गरीब र भूमिहीन परिवारलाई बिना भेदभाव कानूनका आधारमा भूमिको व्यवस्था गराउनुपर्ने सुझाव जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले दिनुभयो । सरकारले सुनारको अध्यक्षतामा यांजुम रोकाया र भण्डारीलाई सदस्यमा नियुक्त गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.