भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

‘भेड़ा बाख्रा जस्तो होइन, बाघको जस्तो जिउने गर्नु’

‘भेड़ा बाख्रा जस्तो होइन, बाघको जस्तो जिउने गर्नु’

केही ठूलो गर्नु छ भने,
आफ्नो बाटो आफै रोज्नु ।
राम्रो संगत गर्ने हो भने,
आफ्नै जस्तो मान्छे खोज्नु ।

भेड़ा बाख्रा जस्तो होइन,
बाघको जस्तो जिउने गर्नु ।
स्वस्थ र बलियो शरीरका लागि
घिउ, दही र दूध पिउने गर्नु ।

संसारले तिमीलाई डराउँनेछ,
हरेक दिन नयाँ रूप देखाउनेछ ।
तर जीवनमा तिमी सफल हुँदा ,
यही संसार तिम्रो पछि(पछि आउनेछ ।

ठूला साना जस्तासुकै अवरोधलाई,
बुद्धिमानीपूर्वक पार गर्नु ।
साना होई जाऊन हरेक चुनौती,
यसरी आफुलाई तयार गर्नु ।

केही पाउनलाई, केही गुमाउनुपर्ने हुन्छ,
हाँस्नको लागि कहिले, आफैलाई रुवाउनुपर्ने हुन्छ ।
चम्किनु छ यदि सुन जस्तै भने,
आफैलाई आगोमा पोल्नु पर्ने हुन्छ ।

भलाईका निम्ति आवश्यक परेमा,
गोप्य कुरा पनि खोल्नु पर्ने हुन्छ ।
बदल्न चाहन्छौ यदि आफ्नो जीवन भने,
सबै भन्दा पहिले आफुलाई परिवर्तित गर्नु ।

समाज र देशका निम्ति केही गर्नु छ भने,
जीवनको लक्ष्य प्रति आफुलाई समर्पित गर्नु ।
बिर्सी हाल तिमी को होऊ भन्ने,
बस एउटा कुरा मात्र याद राख्नु ।

सबै भन्दा पहिला आफ्नो जरूरी काम,
त्यसपछि मात्र अरु केहीलाई राख्नु ।
पुराना बानिहरू तिमीलाई तल झार्नेछन्
नराम्रा प्रेमीहरुले लोभ देखाएर छक्क पार्नेछन् ।

तर तिमी यीनिहरुको चालमा नफंस्नु,
आफ्नो ध्यान केवल लक्ष्यमा केन्द्रित राख्नु ।
तिम्रो लक्ष्य हो समाजलाई राम्रो बनाउनु,
र यस संसारको लागि एउटा नजीर बसाल्नु ।।

आफूलाई अरूभन्दा कम नठान्नु,
तिमीमा पनि केही गर्ने उत्कटता छ ।
आँट गरे असंभव केही पनि छैन,
परिस्थितिहरुलाई बुझ्नु मात्रै विकटता छ ।

बाटो जति सुकै कठिन भए पनि,
सधैं अगाड़ी बढ़दै जानु ।
जीवनमा असल मान्छे बन्न,
राम्रा पुस्तकहरु पढ़दै जानु ।

उठ, अघि बढ, नरोकिई नथाकिई, बस हिन्दै जाऊ,
यसमा कुनै शंका छैन, “सफलता तिम्रो अधिकार हो” ।

 


Thali Mobile Pvt.Ltd.