भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भ्रष्ट कर्मचारीलाई कांग्रेसले कारबाही गर्छः सभापति थापा

भ्रष्ट कर्मचारीलाई कांग्रेसले कारबाही गर्छः सभापति थापा

भक्तपुर । कसैको दवाब र प्रभावमा नपरी जनताको काममा ईमान्दार भई लाग्न कर्मचारीहरुलाई नेपाली काँग्रेसले आग्रह गरेको छ । दलको झण्डा बोकेर भ्रष्टाचार गर्ने र जनतालाई दुख दिने कर्मचारीलाई कारबाही गर्ने नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले बताएका हुन ।

काँग्रेसको समर्थक हुँ भन्ने तर भित्र भित्र घुस खाने र भ्रष्टाचार गर्ने कर्मचारी काँग्रेसको हुन नसक्ने चेतावनी दिए । नेपाली कांग्रेस निकट स्थानिय तह कर्मचारी युनियन नेपाल भक्तपुर शाखाको प्रथम अधिबेशनलाई द्घघाटन गर्दै पार्टी सभापति थापाले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले कांग्रेसका समर्थक कर्मचारीले लोकतन्त्रको खम्बा बनेर जनसेवा गर्नु पर्ने बताए ।

उनले भने, ‘कामचोर र भ्रष्ट कर्मचारीलाई कांग्रेसले साथ दिदैन । तर, जनमुखी काममा लाग्दालाग्दै कसैले राजनैतिक पूर्वाग्रह राखेर दुःख दिन्छ भने त्यसको प्रतिवाद गर्न तयार छौं ।’ कार्यालयको काम सकेर शुरु भएको अधिवेशनमा स्थानीय तह कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष नरबहादुर साउद, केन्द्रिय सदस्य सत्य नारायण शाह, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष श्रीराम लम्साल,

नेपाल ट्रेडयुनियन कांग्रेसकी उप महासचिब राधिका कुईकेल, पार्टी जिल्ला सहसचिव यादव अधिकारी, स्थानीय तह प्रदेश सचिव गोपाल घिमिरे, नेपाल निजामति कर्मचारी युनियन भक्तपुरका जिल्ला अध्यक्ष सुरज पौडेल, ट्रेडयुनियन कांग्रेस भक्तपुरका जिल्ला अध्यक्ष बिष्णु खडका लगायतले शुभकामना ब्यक्त गर्दै कर्मचारी लोकतन्त्रको रक्षा र जनताको सेवामा निस्वार्थ भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.